मंसिर ०७, २०८१, शुक्रबार
               

पौडेलको नेतृत्वमा माओवादी केन्द्र तारकेश्वर काठमाडौं सम्पर्क समिति गठन

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकामा नारायण पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ । नेकपा खारेज भई पुरानो पार्टी ब्युँतिएसँगै आफ्ना संरचना अद्यावधिक गर्ने क्रममा उनको नेतृत्वमा सो कमिटी गठन भएको हो । 

पौडेल नेतृत्वकाे कमिटीमा कोमल राज ढुङ्गाना उपाध्यक्ष, डिल्ली रिमाल सचिव, मधु नेपाली कोषाध्यक्ष र दीपक अधिकारी सह-सचिव छन् । 

पदाधिकारी चयनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङ, माओवादी केन्द्रका नुवाकोट जिल्ला अध्यक्ष तथा प्रदेश सांसद हिरानाथ खतिवडालगायत पार्टीका जिल्ला तथा गाउँ कमिटी, भ्रातृसंगठन तथा सम्पर्क मञ्चका नेताहरूको सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि