मंसिर ०७, २०८१, शुक्रबार
               

पुन: माओवादी केन्द्रका चार सांसद पदमुक्त

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेकपा माओवादी केन्द्रले पुन: आफ्ना चार सांसदलाई पदमुक्त गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा प्रवेश गरेका प्रदेश २का चार सांसदलाई नेकपा माओवादी केन्द्रले पदमुक्त गरेको हो । पदमुक्त हुनेहरुमा रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, ज्वाला साह र मोहम्मद समिर छन् । उनीहरु नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपा खारेज गरेसँगै एमाले धारमा लागेका थिए । 

पार्टी विधानविपरीत गएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ (१) ख बमोजिम पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चारैजनालाई कारबाही गरी सभामुखसमक्ष पठाएका थिए । चार सांसद नेकपा एमालेमा लागेपछि पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो ।

२४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि उनीहरुले नदिएपछि उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको थियो । माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरु थिए ।


कस्तो लाग्यो ?

यो पनि