जेठ ०६, २०८१, आइतबार
               

संघीयताप्रति वितृष्णा बढ्दै गएको प्रधानमन्त्रीको टिप्पणी

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संघीयताप्रति जनतामा वितृष्णा बढेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । 

ओलीले भने, ‘जनताले संघीयताले काम गरेन भन्न थालेका छन् । मन्त्री भनेका छन् । सांसद भनेका छन् । कुदेका छन् । कागज बोकेको छ । अपवित्र गठबन्धन गरेर प्रदेशका सरकार हटाउने खेल चलाइएको छ । यस्तो दृष्यले जनताले संघीयता नहुने रहेछ भन्न थालेका छन् । संघीयता चल्ने रहेनछ भन्न थालेका छन् ।’

जनताको पक्षमा कुनै काम नहुने अनि द्वैष फैलाउने घृणा फैलाउने काम हुन थालेको बताउँदै प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जसले देशमा वितण्डा मच्चाए । जसले लोकतान्त्रिक पद्धतिविरुद्ध लागेर लोकतन्त्रवादी र वामपन्थीलाई मार्ने काम गरे । दक्षिणपन्थी र अराजकतावादीसँग मिलेर जनता मारे त्यसका पछी लाग्नेको कुन हबिगत हुन्छ हेर्दै जानुहोला ।’

नेकपा अध्यक्ष र नेपालप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी ओलीले सकेका भए आफूलाई यसअघि नै पार्टी सदस्यबाट निकालिसक्ने बताए ।  ‘पार्टी कब्जा गर्‍यौँ, केपी ओलीलाई समाप्त पार्‍यौँ आफूलाई संसद् सदस्यबाट निकालिसका हुने बताए ।

‘मलाई भित्तामा पुर्‍याउने रे ? कोहीले धूलोमा पुर्‍याउने, सिध्याइदिने रे । सबैतिर हटाएकाहरुले संसद विघटित भएकाले संसद सदस्यबाट निकाल्न नसकेको । नत्र त संसदबाटै निकाल्थे ।’

माओवादी हिंसातर्फ लक्षित गर्दै ओलीले भन्नुभयो, ‘देशै ध्वस्त बनाउन हिडेका थिए । त्यस्ताहरुसँग माधव नेपालहरुको एउटै मिशन छ । कम्युनिष्ट पार्टी सिद्ध्याउने खेल भएको छ ।’

प्रचण्ड–माधव नेपालले कांग्रेससमक्ष बिन्तीपत्र हाल्न गएको भन्दै उनले भने, ‘जो भेट्यो त्यसलाई प्रधानमन्त्री भइदेउ न भन्या छ । शेरबहादुरदेखि महन्थसम्मलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् । त्यो किनभन्दा कम्युनिस्ट सरकार ढाल्न र कम्युनिष्ट आन्दोलन ध्वस्त बनाउन ।’


कस्तो लाग्यो ?

यो पनि