जेठ ०६, २०८१, आइतबार
               

ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उनले वैशाख ६ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।

अध्यक्ष ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचन तयारी, समसामयिक प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो ।

साथै बैठकले अधिवेशन आयोजक कमिटी बनाएर मंसिरअघि नै अधिवेशन सम्पन्न गर्नका लागि कार्ययोजना बनाउने तयारीका लागि बैठक बाेलाएकाे बताइएकाे छ । 

 


कस्तो लाग्यो ?

यो पनि