बैशाख ०८, २०८१, शनिबार
               

वरिष्ठ नेता पौडेलका माहिला भाइको निधन

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका माहिला भाइको निधन भएको छ । वरिष्ठ नेता पौडेलका भाइ ७५ वर्षीय गोविन्दराज पौडेलको आज बिहान चितवनमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।

उनी रत्ननगर बस्दै आएका थिए । सामाजिक सञ्जालमा लेख्दै नेता पौडेलले भाइको निधनले आफूलाई मर्माहत बनाएको बताएका छन् । उनले लेखेका छन्, ‘मेरा प्यारो माइलो भाइ गोविन्दराज पौडेलको असामयिक निधनको खबरले मर्माहत बनाएको छ ।

हाम्रो परिवार र गाउँ समाजकै भरोसाका  रुपमा हेर्ने भाइ पछिल्लो समय चितवन रत्ननगरमा बस्दै आएका थिएु ।’

यो पनि