चैत १६, २०८०, शुक्रबार
               

सहमतिबाटै नयाँ सरकार बन्छ : अध्यक्ष प्रचण्ड

नेपाल फ्ल्यास
चैत ३०, २०७७

ADVERTISEMENT

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ सरकार सहमतिबाटै बन्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका दाहालले आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए । 

संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, ‘जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।’ प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको पनि बताए ।

उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए । उनले भने, ‘कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।’ 

यो पनि