बैशाख ०८, २०८१, शनिबार
               

तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उनले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताए । 

महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना  भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । पूर्वउपप्रधानमन्त्री सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए । 

नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधैँ देश र जनताको हितमा काम गरेको स्मरणसमेत गरे । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि