बैशाख १५, २०८१, शनिबार
               

एमालेले सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डेलाई हटायो

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

नेकपा एमालेले संसदीय सुनुवाई समिति सदस्यहरू फेरबदल गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ । 

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई सदस्य हेरफेरबारे जानकारी गराएका हुन् । एमालेले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाउँदै खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईलाई सिफारिस गरेको छ । 

यस्तै राज्य व्यवस्था समितिमा महेश बस्नेत, खेम लोहनी र दामोदर भण्डारीको नाम पठाइएको छ भने घनश्याम भुसाल र योगेश भट्टराईलाई कृषि तथा जलश्रोत समितिमा पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि