चैत १६, २०८०, शुक्रबार
               

लुम्बिनी प्रदेशमा चाँडै सरकार परिवर्तन हुन्छ : केसी

नेपाल फ्ल्यास
चैत २९, २०७७

ADVERTISEMENT

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् ।आइतबार बुटवलमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा नेता केसीले सो बताएका हुन् । 

केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने बताउँदै मन्त्री केसीले सोहीबमोजिम लुम्बिनी प्रदेश सरकार पनि छिट्टै परिवर्तन हुने दाबी गरे । 

कार्यक्रममा मन्त्री केसीले प्रदेशमा राजनीतिक छलफल विधि र विधानभित्र बसेर भएकाले छिट्टै निकास निस्कनेसमेत बताए ।

अहंकार र दम्भले कोही अगाडि नबढ्ने बताउँदै उनले अहिले मुलुकमा देखिएको समस्या पनि त्यसैको प्रतिफल भएको बताए ।

यो पनि