जेठ ०६, २०८१, आइतबार
               

वितरित मानपदवीमा नेपालको चुच्चेनक्सा नराखेको भन्दै सरकारविरुद्ध प्रदर्शन

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल समूहका युवा संघले नेपालको चुच्चे नक्साविहीन पदक खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । 

काठमाडौं । नेपाल समूहका युवा संघले नेपालको चुच्चे नक्साविहीन पदक खारेजीको माग गर्दै प्रदर्शन गरेको छ । 

सो समूहले शनिबार सरकारले वितरण गरेका मान पदवीमा चुच्चे नक्सा नभएको नक्सा वितरणको माग गर्दै विरोध गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलंकार र पदक वितरण गरेकी थिइन् । तर, ती पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ ।

त्यसैको विरोधमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरे । प्रदर्शनकारीले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याऊ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’लगायत नारा लगाएका थिए ।

यसअघि सांसदले लगाउने लोगोमा नेपालको चुच्चे नक्सा लागइएको थियो । 


कस्तो लाग्यो ?

यो पनि