जेठ ०४, २०८१, शुक्रबार
               

कर्णाली मुख्यमन्त्रीद्वारा तीन मन्त्रीको राजीनामा स्वीकृत

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्रीको राजीनामा स्वीकृत गरेका छन् । मुख्यमन्त्री शाहीले एमालेका प्रकाश ज्वाला, दल रावल र नन्दसिं बुढाले दिएको राजीनामा शनिबार स्वीकृत गरेका हुन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका तर्फबाट मन्त्री बनेका तीन जनाले मंगलबार  राजीनामा बुझाएका थिए । 

मुख्यमन्त्री शाहीले पदबाट राजीनमा दिएका मन्त्रीको जिम्मेवारी कायम रहेकै मन्त्रीलाई सुम्पिएका थिए । जसअनुसार आर्थिक मामिला तथा योजना  र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी तथा भौतिक पूर्वाधार विकास मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी भएका छन् । 

यो पनि