बैशाख २१, २०८१, शुक्रबार
               

जनमत पार्टीले महाधिवेशन गर्दै

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीको पहिलो महाधिवेशन जनकपुरको बाह्रविघामा हुने भएको छ ।सो पार्टीका नेता चन्दन सिंहका अनुसार महाधिवेशनमा पाँच हजार प्रतिनिधि र २५ हजार स्वयंसेवकको सहभागिता रहनेछ । 

महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उनले महाधिवेशनका लागि भारत, अमेरिका, चीनलगायत ४२ देशलाई निमन्त्रणा पठाएको जानकारी दिए । 

जनमत पार्टीको ५१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने बताइएको छ । जसमध्ये अध्यक्षसहित ३९ सदस्यीय कार्यसमितिका लागि सम्भवतः आजै नत्र भोलि मतदान हुनेछ । बाँकी १२ वटा पदमा पछि मनोनित गरिनेछ । हरेक पदमा उम्मेदवारी दिनका लागि खुल्ला गरिएको थियो तर हालसम्म अध्यक्षमा सिके राउत र महासचिवमा चन्दन सिंहबाहेक अरुको उम्मेदवारी परेको छैन । हरेक केन्द्रीय सदस्यले कम्तीमा सय मत ल्याउनुपर्ने हुन्छ ।

यो पनि