जेठ ०२, २०८१, बुधबार
               

देउवा निवासमा तीन दलको बैठक सुरु

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको तीन दलको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा शुक्रबार अपरान्ह नेकपा माओवादी केन्द्र र जसपासहितको बैठक सुरु भएको हो ।

सो बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता सहभागी भएका छन् भने नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी भएका छन् ।

त्यसैगरी, जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन् ।


कस्तो लाग्यो ?

यो पनि