जेठ ०६, २०८१, आइतबार
               

तीन दलबीच हुने भनिएको बैठक अझै सुरु भएन

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा जसपका नेताले सहभागी हुन ढिला गर्दा अझै सुरु भएको छैन ।

शेरबहादुर देउवाले बोलाएको सो बैठकमा सहभागी हुन माओवादीका अध्यक्ष पुगिसके पनि बुढानीलकण्ठ प्रस्थान गरेका जसपका नेताहरु छलफलमा जुटेकाले सो बैठक निर्धारित समयमा हुन नसकेको हो । 

बैठकमा सहभागिताका लागि कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरु निर्धारित समयमै बुढानीलकण्ठ पुगेका छन् । बैठकमा सहभागिताका लागि माओवादीको तर्फबाट प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बुढानिलकण्ठ पुगेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि