बैशाख ०८, २०८१, शनिबार
               

माओवादी केन्द्रले बादलको सांसद पद खोस्यो

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई दलबाट निष्कासन गरेको छ ।

दलबाट निस्काशन गरेसँगै उनकाे राष्ट्रियसभा सदस्य पद पनि खोसिएकाे छ । अर्का सांसद चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ।

थापा र खड्का दुवै राष्ट्रियसभामा माओवादी केन्द्रबाट सांसद बनेका थिए । थापाले दल त्याग गरेको सूचना संसद् सचिवालयमा माओवादी केन्द्रका राष्ट्रिय सभाका सांसद दिनानाथ शर्माले दर्ता गराएका हुन् ।

माओवादी केन्द्र छोडेका थापालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ दफा ३४ ९१० अनुसार दल त्यागको सूचना संसद् सचिवालयमा दर्ता गरिएको हो ।

यसअघि माओवादी केन्द्रले प्रतिनिधिसभामा विजयी भई प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी चार मन्त्रीलाई कारबाही गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि