जेठ ०६, २०८१, आइतबार
               

गण्डकी प्रदेशसभामा विधेयक प्रस्तुत

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

गण्डकी । गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ । 

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेश सञ्चित कोष र अन्य सरकारी कोषको सञ्चालन तथा व्यवस्थापन, बजेट तर्जुमा, निकासा तथा खर्च, आर्थिक कारोवारको लेखाङ्कन तथा प्रतिवेदन, आन्तरिक नियन्त्रण, लेखापरीक्षण तथा अन्य आर्थिक गतिविधिलाई व्यवस्थित गरी प्रदेश वित्तीय व्यवस्थापन प्रणालीलाई जिम्मेवार पारदर्शी, नतीजामूलक तथा उत्तरदायी बनाउन समष्टिगत आर्थिक स्थायित्व कायम गर्न र प्रदेशको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने व्यवस्थाका लागि विधेयक प्रस्तुत गरिएको बताए ।

बैठकले प्रदेशसभा विनियमावली २०७४ संशोधन मस्यौदा समितिको कार्यावधि २०७८ जेठ १० गतेसम्मका लागि थप गरेको छ । आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य राजिव पहारी, मेखलाल श्रेष्ठ, आशा कोइराला, धनमाया पोखरेल लामा र मणिभद्र शर्मा तथा विशेष समयमा कृष्णबहादुर थापा, प्रकाशचन्द्र दवाडी, राजिव पहारी र विष्णुप्रसाद लामिछानेले विभिन्न समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।


कस्तो लाग्यो ?

यो पनि