जेठ ०५, २०८१, शनिबार
               

लाखौँ महिला सडकमा उतार्त्ने गरी तयारी गर्न प्रचण्डको निर्देशन

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

सुर्खेत । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय उपत्यकाभन्दा बाहिरी जिल्लामा केन्द्रित छन् । 

फागुन २३ को सर्वोच्चको फैसलापश्चात् केन्द्र तथा सरकारमा भूमिकाविहीन बनेका दाहाल रिफ्रेसका लागि भन्दै आफ्नै पार्टीका नेता हरिबोल गजुरेलको घरबाट बाहिरी जिल्लामा निस्कन सुरु गरेका दाहाल बिहीबार वीरेन्द्रनगर पुगे ।

चैत २४ गते जनआन्दोलन दिवस मनाउन सहकर्मी जनार्दन शर्माको गृहजिल्ला पुगेका उनी यतिखेर कर्णाली प्रदेशमा केन्द्रित छन् ।

बाहिरी जिल्ला  भ्रमण गर्ने क्रममा उनले सरकारको आलोचनामा केन्द्रित हुने गरेका छन् । उनी सरकारको आलोचना मात्रै नभई आफैँलाई आलोच पनि हुने गर्छन् । उनी त्यतिमा मात्रै सिमित हुँदैनन् ।जनतालाई आफूलाई प्रशिक्षित गराएकोमा धन्यवाद पनि दिन भ्याउँछन् ।

यसै क्रममा बिहीबार वीरेन्द्रनगर पुगेका अध्यक्ष दाहालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेलालाई संबोधन गरे । संबोधनका क्रममा उनले महिलाको शक्तिशाली संगठन बनाउनुपर्ने बताउँदै लाखौँ महिला सडकमा उत्रने गरी तयारी गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए । 

‘कर्णालीका प्रत्येक वडा–टोल सबैतिर संगठनको सञ्जाल निर्माण गर्नुस् र जरुरी पर्दा एकैचोटी लाखौ महिलाहरु सडकमा निक्लिन सक्ने गरी मोर्चा बनाउनुस्,’ उनले भने, ‘महिलामाथि हुने सबैखाले हिंसा, ज्यादती, असमानता र महिलालाई हेप्ने प्रवृत्तिका विरुद्ध सामूहिक रुपमा एउटा आन्दोलन छेड्नूस् ।’

महिलाहरुले अब वर्ग संघर्ष, उत्पादन र संगठन निर्माणको अभियानलाई एकसाथ उठाउनु पर्ने उनको भनाइ छ । प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमानदारी साथ लागेका महिला नेता कार्यकर्तालाई भूमिका दिने पनि प्रतिबद्धता जनाए ।

अबको केन्द्रीय समिति बैठकमा महिलालाई नेतृत्व दिने विषयमा छलफल हुने पनि उनको भनाइ छ ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिक्रान्तितर्फ अघि बढेको भन्दै परिवर्तनकामीहरु एक हुनुपर्ने बताए । ‘बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन, अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ भन्ने भनेर म कर्णाली आएको हुँ,’प्रचण्डले भने ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए पनि प्रतिक्रान्तिको खतरा कायमै भएकाले प्रतिक्रियावादीलाई परास्त गर्न महिलाहरु अघि बढ्नुपर्ने सो क्रममा दाहालले बताए । 

‘अब महिलाहरुको विशाल समूह खडा गरौँ र क्रान्ति सम्पन्न गर्ने मात्रै होइन, प्रतिक्रान्ति रोक्न सक्ने गरी परिचालित गरौँ,’ प्रचण्डले भने ।


कस्तो लाग्यो ?

यो पनि