चैत १६, २०८०, शुक्रबार
               

माओवादीबाट सांसद बनेका चार जनाको गयो पद

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । माओवादी केन्द्रका चार सांसदको पद गुमेको छ । बुधबार माओवादी केन्द्रले संसद सचिवालयमा दल त्यागको सूचना दिएसँगै उनीहरुको सांसद पद गएको हो ।  

माओवादीको तर्फबाट पद गुमाउनेमा लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरी छन् ।

प्रतिनिधिसभा बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले मन्त्रीहरु लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई पार्टीबाट हटाएको जानकारी गराएको थियो ।  

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता देव गुरुङले संघीय संसद सचिवालयमा पार्टीको कार्यकारी समितिको बैठकको निर्णय समावेश गरी आफ्नो दलका चार प्रत्यक्ष निर्वाचित सांसद टोपबहादुर रायमाझी, प्रभू शाह, लेखराज भट्ट र गौरीशंकर चौधरीले अन्य दलको गतिविधिमा संलग्न भएको सूचना दिएका थिए ।

यो पनि