जेठ ०५, २०८१, शनिबार
               

प्रधानमन्त्रीलाई गगन थापाको चुनौती, आउनुहोस् संसदमा बहस गरौँ

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

नेपाली काँग्रेसका सांसद गगन थापाले संसदमा बहसमा आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । संसद्को बिहीबारको बैठकमा उनले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरू तयार रहेको बताए । 

प्रधानमन्त्रीले दैनीकजसो धेरै परियोजनाको उद्घाटन गरेको भन्दै त्यो फण्डा मात्रै भएको टिप्पणी गरे ।

‘पहिल्यै सञ्चालनमा आइसकेको आयोजना उद्घाटन गरिएको छ, ठेक्का प्रक्रिया नै सुरु नभएको आयोजना शिलान्यास गरिएको छ’ थापाले भने, ‘तथ्य र तथ्याङ्कमा टेकेर बहस गर्न म तपाईँलाई संसदमा निम्तो दिन चाहन्छु ।’

 


कस्तो लाग्यो ?

यो पनि