बैशाख ११, २०८१, मंगलबार
               

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । उक्त बैठकमा सूचना प्रविधि सम्वन्धी विद्येयक सम्वन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची सार्वजनिक भएको छ ।

उक्त कार्यसूची अनुसार विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्ने कार्यक्र रहेको छ । त्यस्तै, समितिले कांग्रेस बाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन आज सदनमा पेश गर्न लागेको हो ।

विधेयकमा मौलिक हक अन्तरगत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो । संसदमा पेश भएको विद्येयक अड्किएपछि सरकारले विद्येयकमा भएकै प्रावधान राखेर छुट्टै निर्देशिका ल्याउने प्रयाससमेत गरेको थियो ।

त्यसको चौतर्फी विरोध भएपछि सरकार पछि हटेको थियो । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने पनि डा. भरतराज गौतमले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि