बैशाख २१, २०८१, शुक्रबार
               

निजामती प्रशासन परिवर्तन हुन नसकेको उपप्रधानमन्त्री पोखरेलको आरोप

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले समयको गतिसँग निजामती प्रशासन परिवर्तन हुन नसकेको बताएका छन् । 

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिव तथा निजामती सेवाका विभिन्‍न पक्षहरुसँग अन्तरक्रियाका क्रममा उपप्रधानमन्त्री पोखरेलले सो बताएका हुन् । 

उपप्रधानमन्त्री पोखरेलले प्रशासनलाई ‘झिङ्गेटसाइ’को सोचबाट मुक्त हुन पनि आग्रह गरेका छन् । ‘नतिजाभन्दा बढी प्रक्रियामा केन्द्रित भएकाले पनि प्रशासन निकै कमजोर छ ।’ निजामती कर्मचारी सक्षम हुँदाहुँदै पनि जनताको विश्‍वास जित्‍न नसकेको उनको आरोप छ ।

‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या सोचमा सकारात्मक परिवर्तनको अभाव हो,’ उनले भने, ‘यसलाई विरासतमा पाएको भन्‍ने सोच नराखी समय अनुसार परिवर्तन हुन आवश्यक छ । जनताको काम गर्न बढी प्रक्रियामा जान भएन ।’ 

ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न नसक्ने सकेसम्म्म हिचकिचाउने जसता प्रवृत्ति निजामती कर्मचारमिा रहेको उनले बताए । उनले निजामती भित्र पनि राजनीतिक भावमा काम हुने पाटो पनि उजागर गर्दै भने, ‘विभिन्‍न समस्यासँग तर्सनेलगायत प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्‍न उठ्ने गरेको छ ।’ 


कस्तो लाग्यो ?

यो पनि