बैशाख १८, २०८१, मंगलबार
               

काठमाडौंबाट रुकुम पुगेका प्रचण्डले रुकुमेलीलाई भने : ‘दिउँसै रात पार्ने काम भयो अब जाग्नूस्’

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनतालाई जागरुक हुन आग्रह गरेका छन् । 
बुधबार रुकुमको सल्लेबजारमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष दाहालले मुलुकमा दिउँसै रात पार्ने काम हुन थालेको बताउँदै सो आग्रह गरेका हुन् ।

‘यहाँ दिउँसै रात पार्ने जस्ता कुरा हुन थाले । जनता सबैतिर जागरुक हुनुपर्‍यो, जनता सबै उठ्नुपर्‍यो,’ प्रचण्डले भने ।

मुलुकमा राजनीतिक स्थायित्व होस्, विकास र समृद्धिमा केन्द्रित हुन सकियोस् भनेर आफ्नै प्रस्तावमा कम्युनिस्ट पार्टी एकता गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति, संविधान सबैलाई कुल्चिएको उनको आरोप छ । 

सो क्रममा अध्यक्ष दाहालले फागुन २३ सर्वोच्चको फैसलाप्रति इंगित गर्दै कम्युनिस्ट एकता भंग गरी एमाले र माओवादी ब्यूँत्याएको भनी अदालतको फैसलाप्रति असन्तुष्टि पोखे । ‘हामी सो फैसलाप्रति असन्तुष्ट छौँ,’ तर, त्यसलाई मानेरै अगाडि बढ्छौँ ।’

‘जबकि त्यो रिट पर्‍या थियो, नामको विवादमा । एमाले र माओवादी अलग गरिदिनुपर्‍यो भन्ने दाबी रिट निवेदकले गरेकै होइन । अदालतले नाम अर्को बनाउनूस्सम्म भन्ला भनेका थियौँ हामीले, तर अनौठो भयो’, प्रचण्डले भने, ‘यो सिस्टममा सर्वोच्च अदालतले भनेपछि मान्दिनँ भन्न नपाइने, सहमत छैनौं भन्नचाहिँ पाइने । त्यसैले मानेरै अगाडि बढ्छौँ ।’

यो पनि