बैशाख ०८, २०८१, शनिबार
               

दुई मन्त्रीलाई आज राजीनामा दिन पार्टीकाे निर्देशन

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

गण्डकी सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् ।

आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर दुवै मन्त्रीले राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रले जनाएकाे छ । प्रदेश सभाको बैठक दिउँसो १ बजे बस्‍दैछ । 

नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई दिएकाे समर्थन फिर्ता नलिइसके पनि प्रदेशबाट मन्त्री फिर्ता बोलाउन थालेकाे हाे । 

यो पनि