बैशाख १४, २०८१, शुक्रबार
               

एक हातमा पार्टी सदस्यता, अर्काे हातमा नियुक्ति

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

चैत ६ गते उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधान उद्योगी व्ययवसायीको जम्मो टोलीसँगै नेकपा एमालेमा प्रवेश गरे । प्रधानमन्त्रीका ओली विशेष आर्थिक सल्लाहकार समेत रहेका व्ययवसायी, एमाले सांसद मोतिलाल दुगडको अगुवाईमा उद्योगी व्यवासायी पार्टी प्रवेश गरेको थिए । 

उद्योग वाणिज्य महासंघको अध्यक्ष पदमा चुनाब लडिरहँदा काँग्रेसमा आबद्ध रहेका प्रधान बरिष्ठ उपाध्यक्षमा हारेपछि एमाले ओली समुहमा आएका हुन् । पार्टी प्रवेश गरेको एक महिना नपुग्दै उनलाई ठूलै सफलता प्राप्त भयो । उनलाई मंगलबार सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक बनाएको छ ।

जबकी नेकपामा लामो समयदेखि इमान्दारीताका साथ त्याग, बलिदानी र पार्टीमा आफ्नो श्रम लगानी गरेका नेता तथा कार्यकर्ताले उपलब्धि पाउन सकेका छैनन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले अबीर लगाएको १८ औँ दिनमा नै एमालेमा नवप्रवेशी व्यवयसायी प्रधानले मालदार अड्डा (वायुसेवा निगमको) नेतृत्व समहाल्ने मौका पाए । पार्टी प्रवेशको तीन साता नपुग्दै प्रधानले नियक्ति पाएपछि यसैको लागि एमालेमा गएका थिए भन्ने आँकलन भएको छ । 

तर, एक हातमा पार्टी सदस्यता र अर्काे हातमा नियुक्ति परम्पराले एमालेमा लामो समयदेखि पार्टीमा योगदान पुर्‍याउँदै आएका नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । नेपाल वायुसेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा १ बमोजिम उनलाई निगमको सञ्चालकमा नियुक्त गरिएको बताइएको  छ । उनको कार्यकाल ४ वर्षको हुनेछ । उनी एमाले पार्टी प्रबेश नगर्दा वा काँग्रेसमै आबद्ध रहदाँसम्ममा कुनै पनि सरकारी निकायको नियुक्ती पाएका थिएनन् । यसरी नयाँ सदस्यता दिइएको व्यक्तिलाई ततकलै लाभको पदमा पुर्याउनु पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाट पदको दुरुपयोग भएको भन्दै नेकपाकै कार्यकर्ताहरूले आलोचना गरेका छन् ।

नाम नबताउने सर्तमा एकजना नेकपाका ओली समूहकै नेताहरू नै पार्टी कार्यकर्ताको उत्साह घट्ने टिप्पणी गर्छन । उनीहरू भन्छन् ‘इमान्दार नेता तथा कार्यकर्ताको मूल्यांकन पार्टी नेतृत्वले गर्न सकेन । पौसा भएका धनाड्यको प्रभावमा परेर सिधै नियुक्ति दिने प्रचलनले वर्षाै दुख गर्दै आएका नेता कार्यकर्ता निशास हुन्छन् । यसले सिंगो पार्टी जीवनलाई असर गर्छ ।’

को हुन् किशोर प्रधान ?

सानैदेखि उद्योग र व्यापारिक क्षेत्रमा रुचि राख्ने किशोर प्रधानको जन्म वि.स २००९ साल श्रावण २८ गते मोरङ जिल्लामा भएको हो । उनको बुबा पनि उद्योगी थिए । 

करिब २८ वर्ष अगाडि उद्योग वाणिज्य संगठनको महासचिव हुँदै नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यका रुपमा उनको महासंघमा प्रवेश भएको थियो ।

उनले ८ वर्ष सम्म नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रुपमा रहेर महासंघलाई नजिकबाट नियाल्न पाए । 
उनले सन् १९९७ देखि १९९९ साल सम्म महासंघको उद्योग समितिका सह अध्यक्षका रुपमा जिम्मेवारी बहन गरेका थिए । 
२८ वर्ष भन्दा लामो समय महासंघमा बिताएका प्रधानले २ वर्ष महासंघको प्रशिक्षण तथा प्रविधि समितिमा अध्यक्षका रुपमा महासंघको यात्रा सुरु गरेका थिए ।

प्रधान महासंघको एकपछि अर्को खुड्किलो चढ्दै गए । यसैक्रममा उनी महासंघको सार्वजनिक निजी साझेदार समितिमा समेत २ वर्ष अध्यक्षका रुपमा आफ्नो भूमिका निर्वाह गरे । नेपाल उद्योग वाणिज्य महसंघको स्थानीय विकास समितिका अध्यक्ष समेत रहेका प्रधान मोरङ चेम्बर अफ इन्डष्ट्रिजका प्रथम महासचिव रहेका थिए ।

प्रधान केन्द्रिय सदस्यका रुपमा नेपाल उद्योग वाणिज्य महासंघ प्रवेश गरेपश्चात २८ वर्षको कार्यकालमा विभिन्न समितिको नेतृत्व गर्दै आएका थिए । लामो समय महासंघको अनुभव बोकेका प्रधानले अहिले भएको वरिष्ठ उपाध्यक्षको चुनावमा भने चन्द्र ढकालसँग पराजित भए । पराजित भएर के भयो र तत्कालै उनले अर्काे ठूलो लाभको पद हासिल गर्न सफल भएका छन् । यद्यपी प्रधानको २८ वर्षीय महासंघको यात्रामा उनी कहिल्यै पनि विवास्पद बनेनन् । 

किशोर प्रधानका उद्योगहरुः
१) हिमालयन पोल इन्डष्ट्रिज प्रा.लि विराटनगर, नेपाल
२) हिमालयन ह्युम पाइप एण्ड कन्क्रिट इन्डष्ट्रिज प्रा.लि लाहान, नेपाल
३) प्रधान व्रिक इन्डष्ट्रिज प्रा.लि राजविराज, नेपाल
४) लक्ष्मीराज इन्टरप्राइजेज, प्रत्यक्ष वैदेशिक लगानी प्रर्वद्धन गर्न

यो पनि