चैत १६, २०८०, शुक्रबार
               

चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादीको पत्राचार

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरी एमाले प्रवेश गरेका चार जनालाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएको छ ।

माओवादीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाका चार जना सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाउन लेखेको पत्र संसद् सचिवालयमा बुझाएको हो ।

माओवादीका तर्फबाट ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जामन्त्री, भट्ट उद्योगमन्त्री, चौधरी श्रममन्त्री र साह सहरी विकासमन्त्री छन् . संसद् सचिवालयले पत्रअनुसार कारबाही प्रक्रियाको सूचना जारी गरेपछि उनीहरू सांसद पदबाट औपचारिक रूपमा हट्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि