चैत १५, २०८०, बिहीबार
               

जनआन्दोलन दिवस मनाउन प्रचण्ड किन पुगे रुकुम पश्चिम

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनआन्दोलन दिवस मनाउन रुकुम पश्चिम गएका छन् ।

फागुन २३को सर्वोच्च अदालतको फैसलासँगै राजनीति पोखरीमा जमेको पानी जमेझै जमेपछि ग्रामीण भेगमा निस्कने गरेका थाहाल सोहीबमोजिम जनआन्दोलन दिवस मनाउन रुकुम पश्चिम गएका हुन् । 

शुक्रबार नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयत्न गर्ने निर्णय गरेसँगै नेपालको राजनीतिलले कोल्टे फर्ने दाहाले बताए पनि मंगलबार बतिसक्दा पनि राजनीति टसको मस हुन सकिरहेको छैन । 

शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले नयाँ सरकार गठनका लागि आजैबाट दलहरुसँग छलफल गर्ने बताएका थिए ।

प्रचण्डले जिल्ला सदरमुकाम खलंगामा हुने पार्टीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रममा पूर्वमन्त्री तथा माओवादीका नेता जनार्दन शर्मा प्रभाकर पनि सहभागी हुनेछन् ।

प्रभाकर रुकुमपश्चिमका निर्वाचित जनप्रतिनिधिसमेत हुन् । 


कस्तो लाग्यो ?

यो पनि