चैत १५, २०८०, बिहीबार
               

नेपाल समूहले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गर्ने

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले माधव नेपाल समूहले छुटै कमिटी घोषणा गर्ने भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई ६ महिनाका निलम्वन गरेपछि समानान्तर कमिटी निर्माणमा जुटेको सो समूहले मंगलबार सुदूरपश्चिममा समानान्तर कमिटी घोषणा गर्न लागेको हो । सोमबारदेखि कैलालीको धनगढीमा प्रदेशस्तरीय विस्तारित बैठक जारी छ । 

नेपाल पक्षले सर्वोच्च अदालतको फैसलबमोजिम एमाले २०७५ जेठ २ को अवस्थामा हुनुपर्ने जिकिर गरेको छ। सोहीअनुसार सुदूरपश्चिममा कमिटी कायम गर्ने र त्यसमा रिक्त रहेका स्थानमा नयाँ नेतालाई जिम्मेवारी दिने तयारी नेपाल पक्षले गरेको छ।

यो पनि