जेठ ०४, २०८१, शुक्रबार
               

सिंहदरबारबाट स्वीच थिचेर सडक उद्घाटन गर्नु नौटंकी हो : सांसद शाही

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले तयारीविना १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यालाई नौटंकीको संज्ञा दिइएकी छिन् ।

सोमबार बसेको संसदको बैठकमा विना तयारी सडक उद्घाटन गरेको भन्दै सांसद शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेकी हुन् । 

सोमबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्‍दै सांसद शाहीले अति महत्त्वपूर्ण विधेयक थन्क्याउने तर महिला हिंसाविरुद्धको विधेयक ल्याउन नदिएको भनेर प्रधानमन्त्रीले ढाँटेको समेत बताइन् ।

‘प्रधानमन्त्रीले तयारीबिनै बालुवाटारबाट स्विच थिचेर सडक शिलान्यास गर्नुहुन्छ, प्रधानमन्त्रीज्यू यो त नौटंकी नै हो,’ सांसद शाहीले भनिन् ।

यो पनि