बैशाख १३, २०८१, बिहीबार
               

टंक आङ्बुहाङको सांसद् पद खोसियो

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

प्रदेश नम्बर १ सरकारका सांसद् तथा आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङकाे सांसद् खोसिएकाे छ । नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको हाे ।

सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । 

तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् ।


कस्तो लाग्यो ?

यो पनि