बैशाख २४, २०८१, सोमबार
               

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक, प्रधानमन्त्री ओलीले प्रतिवेदन पेश गर्ने

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । उक्त बैठकबारे आइतबार नै सम्भावित कार्यसूची समेत सार्वजनिक भइसकेबो छ । 

सो कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६–७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेश गर्ने बताइएको छ । 

साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्ने  सार्वजनिक कार्यसूचीमा उल्लेख गरिएको छ । यसभन्दा अगाडि बसेका बैठकहरुमा विभिन्न शोक प्रस्ताव पेश हुँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि