जेठ ०६, २०८१, आइतबार
               

धन कमाउन गएका छोरा जब कफिनमा फर्किए

नेपाल फ्ल्यास
चैत २२, २०७७

ADVERTISEMENT

आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य फरक थियो । विमानस्थलको आगमनकक्षजस्तै इमर्जेन्सीकक्ष पनि व्यस्त थियो । 

वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीहरूमध्ये १७ जनाको शव एकैदिन नेपाल आइपुगेको थियो ।

विमानस्थलमा यो दर्दनाक दृश्य कमै देखिन्छ। आइतबार बिहान एकैदिन मलेसियामा ज्यान गुमाएका १२ जना श्रमिकको शव नेपाल एयरलाइन्समार्फत् स्वदेश ल्याइएको हो । सँगै, अरू मुलुकमा ज्यान गुमाएका पाँचजनाको शव पानि आएको थियो ।

शव वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीहरूको हो । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि धेरै नेपालीका शव विदेशमै रोकिएका छन् ।

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चार्टड उडान सुरु भएसँगै ती देशमा रहेका नेपालीका शव पनि ल्याउन थालिएको छ । 

आइतबार मलेसियाबाट मात्रै १२ जना, कतारबाट दुई, टर्कीबाट तीन जनाको शव आइपुगेको हो । आइतबार ल्याइएका शवमध्ये महोत्तरीका देवेन्द्रकुमार यादव, नवलपरासीका नुमबहादुर लुङ्गेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खाका मेघबहादुर कुँवर तथा सूर्य विकको रहेको छ ।

त्यसैगरी भोजपुरका भूपाल पाण्डे, पाँचथरका सूर्यबहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्र प्रसाद मेहता, बागलुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर तथा झापाका उज्ज्वल भुजेलको शव आइतबार मलेसियाबाट आउने गरी क्वालालम्पुरस्थित नेपाली दूतावासबाट सूची प्राप्त भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

विमानस्थलमा आइपुगेका शवहरूमध्ये गोरखा-२ सिरान चोक ५ का २८ वर्षीय सूर्य विक, गोरखा नगरपालिका १२ का २७ वर्षीय मेघबहादुर कुँवरको पनि शव आएको थियो । सब बुझ्न उनीहरूको आफन्तसँगै पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि पुगेका थिए ।

भट्टराईले वैदेशिक रोजगारीमा गएका १२ जना युवाको शव एकैदिन विमानस्थल आइपुगेको उल्लेख गरेका छन् । ‘कस्तो दुःखद अवस्था,’ उनले भनेका छन्, ‘शव बुझ्न आएका आफन्तहरूको भाव विह्वल अवस्था देख्दा कसरी आँसु थामिन्थ्यो र !’


कस्तो लाग्यो ?

यो पनि