जेठ ०६, २०८१, आइतबार
               

नाता र दाता मिलाउन नजान्दा नेकपा यो अवस्थामा पुगेको खतिवडाको टिप्पणी

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा ‘नेकपा’को करिब सरकार गर्ल्यामगुर्लुम ढल्ने अवस्था पुगेको बताएका छन् । 

शनिबार  उदयपुरको गाईघाटमा राष्ट्रिय मगर संघ प्रदेश नम्बर १द्वारा आयोजित बृहत् मगर भेलामा आफ्ना धारणा राख्ने क्रममा नेता खतिवडाले सो बताएका हुन् । 

‘कहिले एमाले, कहिले माओवादी, कहिले नेकपा, कहिले ओकपा त कहिले पुकपाको नाममा फुट्दै आएको कम्युनिस्टहरूले जनतालाई निराशा बाहेक अरु दिन सकेनन्,’ खतिवडाले भने । 

सो क्रममा उनले आगामी कांग्रेसको १४ औँ महाधिवेशनबाट महिला, उत्पीडित, दलित, जनजातिको समान सहभागिता हुनुपर्नेमा जोड दिए ।


कस्तो लाग्यो ?

यो पनि