जेठ ०८, २०८१, मंगलबार
               

राजीनामा नदिए प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पौडेलको उद्घोष

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् । 

शनिबार प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने दाबी गर्दै पौडेलले सो बताएका हुन् ।शुक्रबार मात्रै कांग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरेको छ । 

‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौँ,’ सो क्रममा नेता पौडेलले भने, ‘अहिले अपोजिसनमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गर्छौँ, समझदारी बनाउँछौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेस गर्छौँ ।’


कस्तो लाग्यो ?

यो पनि