जेठ ०६, २०८१, आइतबार
               

सार्वजनिक लेखा समितिको निर्देशनप्रति ओलीको असन्तुष्टि

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं-तराई फास्ट ट्र्याकको ठेक्का रद्द गर्न सार्वजनिक लेखा समितिको निर्देशनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनएका छन् ।

शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो असन्तुष्टि प्रकट गरेका हुन् । शुक्रबारमात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले द्रूत मार्गको टनेल तथा पुल निर्माणको दोस्रो प्याकेजको ठेक्का प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।

यसका अलावा संसदीय समितिले आफूखुसी बोलाउने र अन्धाधुन्ध आदेशहरु दिने गरेको उनको आरोप छ । एकपछि अर्को समितिले बोलाउने र काम हुनुभन्दा पहिले नै आदेश दिने गरेको भन्दै उनले भने, ‘यो तरिकालाई हामीले आफ्ना क्षेत्रधिकार र आफ्नो कामको असर जस्ता पक्षलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि