जेठ ०६, २०८१, आइतबार
               

माओवादीले समर्थन फिर्ता लिए राजीनामा दिने ओलीको उद्घोष

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफूलाई दिएको समर्थन फिर्ता लिए राजीनामा आउने बताएका छन् । 

शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भका क्रममा दिनैपिच्छे राजीनामा माग्ने गरेको र, सञ्चारमाध्यमले त्यसलाई नै मुख्य समाचार बनाए बताउँदै उनले सो बताएका हुन् ।

‘आज मागेको हो र राजीनामा, मागेको माग्यै छन् त । मागेपिच्छे म कसरी दिनसक्छु ?’ उनले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ ।’

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने माग्ने गरेको उनले बताए । प्रधानमन्त्री ओलीले अघि भने, राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गरन ।’

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले नेकपालाई एकीकृत हुनुपूर्व २०७५ जेठ २ मा पुगेसँगै नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । सर्वोच्च अदालतको फैसलासँगै फरक पार्टी बनेको नेकपा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउने गरे पनि त्यसो नगरी ओलीले प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने बताउँदै आएको छ ।

यो पनि