जेठ ०६, २०८१, आइतबार
               

राजीनामा आइहाल्छ नि, समर्थन फिर्ता गर न : प्रधानमन्त्री

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने बताएका छन् ।

बालुवाटारबाट देशभरका १६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ माग्या छ । ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।’

पछिल्लो समय नेपाली कांग्रेसले सरकार निर्माणमा अग्रसरता लिने निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिने मानसिकता बनाएकाे बुझिएकाे छ । यसअघि कुनै हालतमा राजीनामा नदिने बताउँदै आएका प्रधानमन्त्रीले आज माओवादीले समर्थन फिर्ता लिने भए राजीनामा दिने बताएका हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि