पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निर्वाह गर्ने संकेत देखाएको भन्दै प्रशंंसा गरेका छन् ।
उनले भनेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं। आआफ्ना दलका फरक एजेन्डा हुन्छन् । तर ती सबैभन्दामाथि देश, जनता र लोकतन्त्रको आवश्यकता, प्राथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है ।’
कांग्रेसले शुक्रबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनमा अग्रसरता देखाउने निर्णय गरेको थियो ।