जेठ ०६, २०८१, आइतबार
               

दिउँसो नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय ?

नेपाल फ्ल्यास
चैत २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक आज  दिउँसो ३ बजे कलंकीमा बस्ने भएको छ ।

आज बस्ने उक्त बैठकले केन्द्रदेखि स्थानीय तहसम्मै समानान्तर कमिटी बनाएर प्रशिक्षण‚ भेला‚ सम्मेलनलगायतका अभियान घोषणा गर्ने सो समूहले जनाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल–खनाल समूहका नेताहरुलाई कारबाही गर्ने‚ पार्टी सदस्यबाटै निलम्बन गर्ने‚ जिम्मेवारी खोस्नेलगायतका गतिविधि गरेको भन्दै उक्त समूहले अभियान सुरु गर्न लागेको बताइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि