जेठ ०६, २०८१, आइतबार
               

खानेपानीमन्त्रीले सम्झिए कांग्रेस नेता भट्टराईलाई

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं  । खानेपानीमन्त्री मणिचन्द्र थापाले नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईलाई सम्झिएका छन् ।

मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पनाकार भट्टराईलाई सरकारले नसम्झएको भनी आलोचना भइरहेका शुक्रबार मेलम्ची खानेपानी वितरणका क्रममा खानेपानीमन्त्री थापाले भट्टराईलाई सम्झिएका हुन् । 

स्वास्थ्य समस्याका कारण कार्यक्रमस्थलमा उपस्थित हुन नसकेका मन्त्री थापाले भिडियो सन्देशमार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

मेलम्चीको पानी वितरण भइसकेपछि विभिन्न चरणमा रिङरोडबाहिर पनि विस्तार गरिने र पानीको थप स्रोत पनि ल्याइने उनको भनाइ थियो ।

यो पनि