जेठ ०६, २०८१, आइतबार
               

लार्के र याङ्ग्रीको पानी सुन्दरीजलमा मिसाएपछि मेलम्ची खानेपानीको नाम परिवर्तन गर्न प्रमको प्रस्ताव

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी सुन्दरीजलमा मिसाएपछि मेलम्ची खानेपानी आयोजनाको नाम परिवर्तन गर्न प्रस्ताव गरेका छन् । 

शुक्रबार मेलम्ची खानेपानि वितरणको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी भन्दा के-के हुने भन्दै सो प्रस्ताव गरेका हुन् ।

नेपाली कांग्रेसले बारबम्बार मेलम्चीको पानी काठमाडौं ल्याउने परिकल्पनाकार कृष्णप्रसाद भट्टराईको नाम सरकारले नलिएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ । 

काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताए ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’

उनले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

यो पनि