जेठ ०६, २०८१, आइतबार
               

ओलीका गतिविधि सिद्धान्त र विधानविपरीत छन् : नेता रावल

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेतालाई गरेको कारबाही विधान र सिद्धान्तविपरीत भएको बताएका छन् । 

शुक्रबार स्थायी कमिटी बैठक जारी रहेकैबेला सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता भीम रावलले पार्टीको विधान र नियमावलीविपरीत ६ महिनाका लागि 'कथित निलम्वन' गरेको टिप्पणी गर्दै सो बताएका हुन् । 

ओलीको कदम निरंकुशता लाद्‌ने र तानशाही शासन चलाउने प्रयास भएको भन्दै बैठकमा कुरा उठेको उनले बताए। ‘कथित कारबाहीले पार्टीको सिद्धान्त र विधान मिचेको छ,’ रावलले भने, ‘हामीले एमालेको रक्षाका लागि जुन पाइला चालेका छौं यो अझै गतिशिलताका साथ अघि बढाउने छौँ।’

विधानको धारा १३ को १ ले एमाले ओलीको पार्टी होइन भन्ने प्रष्ट हुने भन्दै उनले समानान्तर पार्टी गठन गर्ने कार्य जारी रहने बताए। उनले पार्टी कार्यालय कसले कहाँ स्थापना गर्‍यो वा बनायो भन्ने विषयमा जानकारी नभएको टिप्पणी गरे। 

नवौँ महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपालसहित चारजनालाई ६ महिनाका लागि कारबाही गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि