बैशाख २३, २०८१, आइतबार
               

विचारधाराका आधारमा तेल वितरण नगर्न मन्त्री भट्टको आग्रह

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले विचारधाराका आधारमा तेल वितरण नगर्न आग्रह गरेका छन् । 

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा सहभागी मन्त्री भट्टले आफूले कतिपय पेट्रोलपम्पले विचारधाराको आधारमा तेल वितरण गर्ने गरेको पत्ता लगाएको बताउँदै त्यसो नगर्न आग्रह गरेका हुन् । 

सो क्रममा उनले सरकार आयल निगमसँग सम्बन्धित नीतिगत समस्या समाधान गर्न तल्लीन रहेको  पनि बताए । 

‘आयल निगमसम्बन्धी समस्यालाई प्राविधिक रुपमा भन्दापनि नीतिगत रुपमा समाधान गर्न सरकार लागिपरेको बताउँदै नेता भट्टले भने, ‘राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको छ । व्यवसायको आवश्यकतालाई हेरेर पेट्रोल पम्पको इजाजत दिइनेछ ।’

यो पनि