जेठ ०६, २०८१, आइतबार
               

युवासंघ नेतृत्व परिवर्तनबारे नेपाल समूहद्वारा ओलीलाई जानकारी

नेपाल फ्ल्यास
चैत २०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमाले माधव समूहले युवा संघ नेपालको नेतृत्व परिवर्तनबारे अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएको छ । 

सो समूहका महासचिव दीपक जिएमले पत्र लेख्दै अदालतको फैसलाअनुसार, पुनर्स्थापित युवा संघले नेतृत्व परिवर्तन गरेको जानकारी दिएका हुन् ।

नेपाल समूहले गत चैत ७ गते युवा संघको राष्ट्रिय भेला गरेर जरेश शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो ।

युवा संघको विधान, झन्डा, लोगो र छाप प्रयोग गर्ने अधिकार पनि आफूहरुसँग मात्रै भएको दावी पत्रमा उल्लेख गरिएको छ । साथै, पत्रमा युवा संघको झन्डा, नाम र विधान अरुले पनि प्रयोग गरिरहेकाले त्यस्तो कार्य रोक्न माग समेत गरिएको छ ।

यो पनि