जेठ ०२, २०८१, बुधबार
               

शिक्षकको गुणस्तर वृद्धि गर्न आवश्यक छ : प्रधानमन्त्री ओली

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि सर्वप्रथम शिक्षकको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका विद्यालयको विवरण प्रस्तुत कार्यक्रममा उनले  विद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र शिक्षण विधि तथा पद्धतिमा ध्यान दिने शिक्षकको आवश्यकता रहेको उल्लेख गर्दै सो बताएका हुन् । 

शिक्षकको गुणस्तर माथि नउठेसम्म विद्यार्थीको गुणस्तर माथि उठ्न नसक्ने सो क्रममा प्रधानमन्त्री ओलीले बताए । ‘विद्यालयहरुमा अनिवार्य रुपमा उपयुक्त खालको शैक्षिक वातावरण हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘उपयुक्त खालको शिक्षक क्वालिटी हुनुपर्छ । शिक्षकको क्वालिटी समय समयमा टेस्ट गरिनुपर्छ । शिक्षक आफ्नो विद्यार्थीको लागि उत्तरदायी हुनुपर्छ ।’


कस्तो लाग्यो ?

यो पनि