जेठ ०६, २०८१, आइतबार
               

भुषाल र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बित

नेपाल फ्ल्यास
चैत १९, २०७७

ADVERTISEMENT

नेकपा एमालेले नेताद्वय घनश्याम भुषाल रसुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ ।

नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमालेको केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो ।

फेरि उनीहरूमाथि दोस्रोपटक स्पष्टीकरण सोधिएको थियो । त्यसको जवाफ उनीहरूले दिएका थिए । तर, स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्बन गरेकाे हाे ।

अहिलेकै गतिविधि जारी रहेको खण्डमा थप कडा कारवाही हुन सक्ने र सच्चिनका लागि यो अन्तिम मौका भएको ओलीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि