जेठ ०६, २०८१, आइतबार
               

पार्टी बलियो बनाउन हामी आफैँ सच्चिनुपर्छ : नेतृ शाक्य

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गर्नुपर्ने बताएकी छिन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटीको बैठकमा बागमती प्रदेशकी सांसद नेतृ शाक्यले सो बताएकी हुन् । 

‘तपाईं हाम्रै कारणले गर्दाखेरी हामीभित्रकै कारणले गर्दाखेरी हामी कमजोर अवस्थामा पुगेका छौँ । हामी एकअर्कामा निषेधको राजनीति गरिरहेका छौँ । कम्युनिस्ट पार्टीलाई एकताबद्ध र बलियो बनाएर होइन आफैँआफैँ लडेर सिद्धिने स्थितिमा पुगेका छौँ । त्यसो भएकाले हामीले आत्मसमीक्षा गर्ने कि,’ नेतृ शाक्यले भनिन्, ‘हामीले यस्तो कुरा सच्याउने कि नसच्याउने ? यदि नेकपा एमाले बलियो बनाएर अगाडि बढनुछ भने समाजवादको लक्ष्य प्राप्त गर्नुहुन्छ? हामीले आमूल परिवर्तन गरेर देशलाई अगाडि बढाउने हो भने समृद्धि चाहने हो भने हामी आफैँ सच्याउनुपर्छ ।’

फागुन २३ मा सर्वोच्चको फैसलासँगै यसअघि एक भएको नेकपा विभक्त भएको छ । यसका अलावा एकीकरणपूर्वको एमाले पनि फुटको संघारमा पुगेको बेला नेतृ शाक्यबाट यस्तो भनाइ आएको छ । शाक्य नेपाल समूहकी नेतृ हुन् । नेपाल ओलीसँग नझुक्ने बताइरहेका बेला शाक्यबाट सो अभिव्यक्तिले नेपाली राजनीतिमा महत्व बोकेको छ ।

यो पनि