जेठ ०६, २०८१, आइतबार
               

सिरहाकी जानकीदेवी राम समानुपातिक सांसद् बन्ने

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं ।सिरहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् बन्ने भएकी छिन् । आयोगको बुधबार बसेको बैठकले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

बन्दी सूचीको दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले पार्टी परित्याग गरेको भन्दै जानकीदेवीको नाम सिफारिस गरिएको थियो ।

‘आज बसेको बैठकले निर्णय गरेको छ । यो निर्णय संसद् सचिवालयलाई पठाउँछौं’, प्रवक्ता श्रेष्ठले भने ।

गएको २८ असोजमा सानु सिवाको मृत्यु भएको थियो । उनको मृत्युपछि रिक्त स्थानमा दलित महिला तर्फको बन्दी सूचीको तेस्रो नम्बरमा रहेकी जानकी देवीलाई सांसद बनाउन अध्यक्ष केपी शर्मा ओलीले सिफारिस गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि