जेठ ०६, २०८१, आइतबार
               

ओलीको विकल्प ओली नै

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको एक महिना एक साता बिते पनि नयाँ सत्ता समीकरण बन्न सकेको छैन । राजनीतिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै आन्दोलित दलले ओलीको विकल्पमा प्रधानमन्त्रीको उमेद्वार छान्न नसक्दा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा छ । सरकारविरुद्ध मोर्चबन्दीको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेको छैन ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे । प्रमुख राजनीतिक दल, बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्रीको कदमलाई प्रतिगमनको संज्ञा दिएर सडक संघर्षमा उत्रिए । 

तर, दुई महिना सात दिनपछि फागुन ११ गते प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतबाट अस्वीकार भयो । प्रतिनिधिसभा पुनर्स्थापित भयो । अर्थात् ‘प्रतिगमन’ परास्त भयो भनियो ।

तर, प्रधानमन्त्री ओलीको कदमलाई परास्त गरेर सत्ता समीकरण नै बदल्न सडक संघर्षमा उत्रिएका विपक्षी दल अहिले निरीह छन् । कारण नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र सरकारलाई समर्थन गरेको दल माओवादी केन्द्र अझैसम्म पनि सत्ता समीकरण बनाउन समक्ष बनेनन् ।

उल्टै प्रधानमन्त्री ओली शक्तिशाली देखिँदैछन् । उनले संसद् ‘फेस’ गर्नका लागि सरकारमा समर्थन बढाउन कस्सिएका छन् । विपक्षी दलहरुको सत्ता समीकरणमा देखिएको अलमल र निरिहताले गर्दा सबैभन्दा फाइदा प्रधानमन्त्री ओलीलाई नै भएको छ ।

माओवादी केन्द्रले सरकारलार्ई दिएको समर्थन फिर्ता लिँदै सरकारविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने आँट गर्न सकेको छैन । उल्टो माओवादीले सरकारलाई नै एकैपटक  विश्वसको मत लिनुपर्ने बताउँदै आएको छ ।

यता प्रमुख विपक्षी दल कांग्रेस परिस्थिति अनुकुल नभएको भन्दै सत्ता समीकरण बनाउन हच्किएको छ । 

सत्ता समीकरणको महत्वपूर्ण दल जनता समाजवादी पार्टी भने ओली पक्षलाई समर्थन गर्ने कि विपक्षीलाई समर्थन गर्ने भन्ने विषयमा विभाजित छ ।

जसपाभित्र पूर्वतराई मधेश लोकतान्त्रिक पार्टी (तमोलोपा) खेमा प्रधानमन्त्रीसँग नजिकिएका छन् । पूर्वसमाजवादी पार्टी खेमा बाबुराम भट्टराई, उपेन्द्र यादवलगायत माओवादी/कांग्रेससँग नजिकिएका छन् । तर, अहिलेसम्म कसकारलाई समर्थन गर्ने भन्नेमा पार्टीभित्र संस्थागत निर्णय हुन सकेको छैन । 

प्रधानमन्त्री ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । नभए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने उसको जिकिर छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ फागुनको फैसलाले ७६ (२) आकर्षित भएको बताए । उनले भने, ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० (२) आकर्षित हुनेछ ।’

धारा १०० को उपधारा २ मा सत्तारुढ दल विभाजित भएमा वा सरकारमा भएको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।


कस्तो लाग्यो ?

यो पनि