जेठ ०६, २०८१, आइतबार
               

धनगढीमा जलाइयो प्रधानमन्त्री ओलीको पुत्ला

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कैलालीको धनगढीमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । सोही पार्टी नेकपा एमाले माधवकुमार नेपाल समूहका युवा संघ नेपालका नेता तथा कार्यकर्ताले मंगलबार धनगढीमा  प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

प्रम ओलीले आफ्नै पार्टीका नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेको विरोधमा उनीहरूले पुत्ला जलाएको बताइएको छ । ओलीले केही दिन अगाडि मात्रै यी दुई नेतालाई पार्टी सदस्यबाट ६ महिनाको लागि निलम्बन गरेका छन् । 

युवा संघ सुदूरपश्चिमका अध्यक्ष बाबुराजा श्रेष्ठले ओलीको अवैधानिक कार्यको विरोध गरिएको बताए। पुत्ला दहनपछि युवा संघका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए।


कस्तो लाग्यो ?

यो पनि