बैशाख २४, २०८१, सोमबार
               

दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै, शोक प्रस्ताव पेश हुने

नेपाल फ्ल्यास
चैत १८, २०७७

ADVERTISEMENT

काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने भएको छ । उक्त बैठकबारे संघीय संसद् सचिवालयले कार्यसूची सार्वजनिक गरेको छ । संघीय सचिवालयका अनुसार सम्भावित कार्यसूची अनुसार आजको बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस र शोक प्रस्ताव पेश हुने छ ।

उक्त बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । साथै, बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणीकुमारी खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

साथै, सो बैठकमा पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशी र पहिलो संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनबारे शोक प्रस्ताव प्रस्तुत हुने बताइएको छ । यसभन्दा अगाडि बसेको ६ वटा प्रतिनिधिसभा बैठकमा पनि विभिन्न शोक प्रस्ताव मात्रै पेश हुँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि